सिड्नीमा नेपाली सेफहरु संगठित हुदै
25th Feb, 20191 year ago
ठुलो संख्यामा सेफलाई आफ्नो पेशा बनाउदै यस क्षेत्रमा धेरै नाम, इज्जत र ठुलो संख्या नेपालीहरु नेपाली रेष्टुराँ व्यवसायमा लागेको भए पनि अन्य समुदायमा जस्तो यस पेशा र ब्यबसायले जस्तो व्यापकता पाउन नसकेको हो कि भन्ने लाग्दै गर्दा हालै सिड्नीका सेफहरु संगठित हुदै एक किसिमको बहष सुरु गरेका छन् । हालै टु टेबल्स र नेपाल टुरिजम बोर्डको एक्स्पेरिएन्स नेपाल नामक अभियानको संयुक्त आयोजनामा सिड्नीको क्याम्सीस्थित एडिज् किचेनमा गत फेब्रोवारी १८ तारिखमा सेफहरुले नेपाली खाना विस्तारको सम्भावना तथा चुनौतीका विषयमा छलफल गरेको टु टेबल्सका सुरज प्रधानले बताए । प्रधानका अनुसार छलफलले अस्ट्रेलियामा नेपाली सेफहरु संगठित हुन पर्ने सुझावलाई पनि मनन गरेको बताए ।
उक्त कार्यक्रममा अष्ट्रेलियाका अग्रज एबमअस्ट्रेलियामा पहिलो नेपाली रेस्टुराँका संस्थापक डा नारायण प्रधानले अस्ट्रेलियामा नेपाली खानालाई व्यवसायिक रुपमा सुरु गर्दाका अनुभव साट्दै ‘पहिले हामीले नेपाल चिनाउनकै लागि नेपाली रेष्टुराँ स्थापना गरेका थियौं ‘। अब व्यवसायीक रुपमा नयाँ पुस्ताले विस्तार गर्नु पर्ने विचार व्यक्त गरेका थिए। त्यस्तै कार्यक्रममा गुठी अस्ट्रेलियाका सल्लाहकार तथा पर्यटन अभियान्ता पदम शाक्यले अस्ट्रेलियामा नेपाली रेष्टुराँले स्थापित हुँदा नेपालको फुड टुरिजम पर्बर्दन हुने बताए । त्यसका लागि नेपाली सेफ तथा रेष्टुराँ व्यवसायी संगठित भएर अघि बढ्नुपर्ने उनको भनाई थियो । त्यस्तै एडिज किचेनका अमित र अन्जना ढकालले अस्ट्रेलियामा नेपाली खाना स्थापित हुने क्रममा रहेकाले एक अर्कालाई सहयोग गर्दै हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए। त्यसै गरेइ टु टेबल्सका सुरज प्रधानले अहिले अस्ट्रेलियामा नेपाली फुड इन्डष्ट्रि ४० वर्ष अघि इटालियन फुड इण्डष्ट्रिको जस्तै रहेको बताउदै आफ्नो अध्ययनले त्यतीबेला इटालियन फुड इण्डष्ट्रि यतिबेला हाम्रोजस्तै भएको र उनीहरु एक भए परिषद् गठन गरे र अघि बढेका थिए । अहिले इटालियन खाना विश्वभर स्थापित छ ।’ वर्ल्ड फुड टुरिजम संगठनका नेपालका लागि एम्बासडर समेतरहेका प्रधानले आउदो मे २३/२४ मा काठमाडौँमा एसियाकै पहिलो फुड टुरिजम समिट आयोजना गर्न लागेको समेत जनाकारी दिए ।
त्यस्तैगरि टु टेबल्सका शिशिर कंडेलले नेपाली खानाको मौलिकता हराउदै गएको र यसको बारे खोज-अनुसन्धान अपरिहार्य रहेको प्रस्ट पारे, साथमा अहिलेका युवा सेफहरुले नेपाली खानाको मौलिकतालाई प्रबर्धन गर्दै समयानुकुल परिस्कृतपनि गर्दै जानु पर्ने देखिएको बताए l कार्यक्रममा सेफ हरि लामिछानेले ‘नेपाली सेफहरु संगठित हुनुपर्ने आवश्यक्ता देखेको र यसबाट सीप विकास र व्यवसाय विस्तारमा निकै फाइदा पुग्नसक्ने आफुले महसुश गरेको बताए। यहि कुरालाई थप गर्दै सेफ अशोक तमाङ्गले पनि सबै जना सेफहरु एककृत भई अगाडी बढ्नु पर्ने विचार राखेका थिए ।
कार्यक्रममा सेफहरु परशुराम पाठक, गौरभ भुषाल, सागर श्रेष्ठ, सचिन श्रेष्ठ तथा अन्य सेफहरुले पनि यहि धारणा व्यक्त गरेका थिए । रेस्टुराँ व्यबसायी अशोक तिमिल्सिना, पुस्कल थकाली, गम्भीर सापकोटाहरुले नेपालमा विभिन्न समुदायको खाना पहिचान गरी एउटै मेन्यु बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा टु टेबल्सले छिट्टै नेपाली खाना र फुड टुरिजम प्रबर्दनका लागि नयाँ कार्यक्रमहरु लिएर आउने जानकारी दिईएको थियो।